जी२० को अध्यक्षता ब्राजिल सुमिपदै सकियो दिल्ली १८ औ शिखर सम्मेलन – Nepalboli

जी२० को अध्यक्षता ब्राजिल सुमिपदै सकियो दिल्ली १८ औ शिखर सम्मेलन

   २५ भाद्र २०८०, सोमबार  

नयाँ दिल्लीमा जारी जी२० सम्मेलनको अन्तिम दिन शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अबको अध्यक्षताको जिम्मेवारी ब्राजिलियन राष्ट्रपति लुला डा सिल्भालाई सुम्पिएका छन्। यसका साथै प्रधानमन्त्री मोदीले जी२० सम्मेल सकिएको पनि घोषणा गरे। ब्राजिल अर्को वर्ष हुने जी२० सम्मेलनको आयोजक हुनेछ।

प्रधानमन्त्री मोदीले संस्कृत भाषामा भने सम्पूर्ण विश्वमा आशा र शान्तिको सञ्चाचार होस्। सम्मेलनको अन्तिम सत्रपछि मोदीले विश्व परिवर्तन भइरहेको बताउँदै यससँगै विश्वका संस्थाहरु पनि बदलिनुपर्नेमा जोड दिए।

‘संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा अहिलेसम्म त्यति नै सदस्य छन् जति यो स्थापना हुँदा थिए। स्थायी देशको संख्या बढाउनु जरुरी छ।’

त्यसपछि ब्राजिलका राष्ट्रपतिले अबको अध्यक्षताको जिम्मा लिँदै गरिब देशको कर्जाको समस्यामा सबैले ध्यान दिनुपर्ने बताए। विश्वको भोकमरी समाप्त गर्न कोसिस बढाउनुपर्ने उनले बताए।

अध्यक्षता मिलेपछि ब्राजिलका राष्ट्रपति सिल्भाले भने, ‘आज महात्मा गान्धीलाई श्रद्धाञ्जलि दिँदै गर्दा म धेरै भावुक भएँ। सबैलाई थाहा छ, मेरो राजनीतिक जीवनमा महात्मा गान्धीको कति महत्व छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै