डेंगु संक्रमणका कारण काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निधन – Nepalboli

डेंगु संक्रमणका कारण काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निधन

   २१ भाद्र २०८०, बिहीबार  

डेंगुबाट संकमित भए पछि काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको काठमाडौ महानगरले जनाएको छ ।

उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

रिजाल दोस्रो पटक नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापतिसमेत हुन् ।

महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै