एकीकृत समाजवादीले १५ दिने मेची-महाकाली अभियान चलाउने – Nepalboli

एकीकृत समाजवादीले १५ दिने मेची-महाकाली अभियान चलाउने

   १९ भाद्र २०८०, मंगलवार  

नेकपा एकीकृत समाजवादी पार्टीले आगामी असोज दोस्रो साता १५ दिने मेची-महाकाली अभियान चलाउने भएको छ। सोमबार बसेको पार्टीको सचिवालय बैठकले आगामी असोज १४ देखि २९ गतेसम्म संगठन सुदृढिकरणको लागि मेची महाकाली अभियान सञ्चालन गर्ने निर्णय गरको हो ।

बैठकले सङ्गठनमा देखिएका समस्यालाई हल गदै पार्टी पङ्क्तिलाई क्रियाशील बनाउने उद्देश्यसहित मेची महाकाली अभियान चलाउने केन्द्रीय कमिटीको निर्णयलाई कार्यतालिकासहित अनुमोदन गरेको हो । अभियान अन्तर्गत सो पार्टीले मुलुकका रूपान्तरणकारी एजेन्डा जनतामाझ लैजाने जनाएको छ ।

१४ असोजमा मेचीबाट सुरु हुने अभियान २९ गते महाकालीमा पुगेर समापन हुनेछ। अभियानमा सचिवालय तहका सबैजसो नेतासँगै केन्द्रीय समिति, प्रदेश र जिल्ला तहका नेता कार्यकर्ता सहभागी हुनेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै