उपत्यकाको निषेधाज्ञामा २९ गते सम्म लम्ब्याउने निर्णय – Nepalboli

उपत्यकाको निषेधाज्ञामा २९ गते सम्म लम्ब्याउने निर्णय

   २१ बैशाख २०७८, मंगलवार  

काठमाडौं उपत्यकामा निषेधाज्ञामा थप कडाइ गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ भने निषेधाज्ञालाई थप कडा बनाउने निर्णय भएको छ ।

जसअनुसार अब बेलुकाको समयमा खाद्य पसल र डिपार्टमेन्टल स्टोरहरू सञ्चालन गर्न दिइने छैन ।

अब साँझ किराना र डिपार्टमेन्ट स्टोर खोल्न नदिने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै