जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका कैदी काँडाघारीबाट पक्राउ
काठमाडौं – जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–७ का ४३ वर्षीय कोमलराज उपाध्याय रहेका छन् । ठगी मुद्दामा कैद भुक्तान गरिरहेका उपाध्याय आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए ।
प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउपछि आवश्यक प्रक्रिया पूरा गरी उपाध्यायलाई पुनः सुन्धारा कारागार पठाइएको प्रहरीले जनाएको छ ।
आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीहरूको खोजी तथा पक्राउ अभियानअन्तर्गत उपाध्याय पक्राउ परेका हुन् ।