संघीय संसद्का दुवै सदन बस्दै, राष्ट्रिय सेवा दल र पशु रोग नियन्त्रण विधेयक कार्यसूचीमा – Nepalboli

संघीय संसद्का दुवै सदन बस्दै, राष्ट्रिय सेवा दल र पशु रोग नियन्त्रण विधेयक कार्यसूचीमा

   २०८३ आश्विन ५, सोमबार  

काठमाडौँ — संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ । प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पारित गर्ने प्रस्तावदेखि बालबालिकासम्बन्धी विधेयक समितिमा पठाउने प्रस्तावसम्म कार्यसूचीमा राखिएको छ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकको सुरुवातमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

त्यसैगरी, प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

राष्ट्रियसभामा पशु रोग नियन्त्रण विधेयकमाथि छलफल

राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

मन्त्री चौधरीले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै