माथिल्लो त्रिशूली–१ को सुरुङमा भेटिएका शव निकाल्न उद्धार टोली सक्रिय
काठमाडौँ— माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र फेला परेका शव तथा मानव अङ्ग निकाल्ने प्रयास जारी रहेको छ ।
नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले सुरुङभित्र खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको सैनिक मुख्यालयले जनाएको छ ।
मुख्यालयका अनुसार खोजीका क्रममा फेला परेका मानव अङ्ग तथा शव निकाल्ने कार्य भइरहेको छ । बुधबार सुरुङभित्र पाँचवटा शव फेला परेका थिए ।
सुरुङभित्र थप खोजी तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ ।