ग्यासको अतिरिक्त ढुवानी शुल्क हट्यो – Nepalboli

ग्यासको अतिरिक्त ढुवानी शुल्क हट्यो

   २०८३ आश्विन १, बिहीबार  

काठमाडौँ — नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तासँग अतिरिक्त ढुवानी शुल्क नलिई पुरानै मूल्यमा खाना पकाउने ग्यास बिक्री गर्न उद्योगीहरूलाई आग्रह गरेको छ ।

सङ्घले बिहीबार विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि नेपाल आयल निगमले तोकेको प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँमै ग्यास बिक्री वितरण गर्न उद्योगीहरूलाई निर्देशनात्मक आग्रह गरेको हो ।

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा ग्यास आपूर्ति गर्न उद्योगीहरूले वैकल्पिक मार्ग प्रयोग गर्दै आएका थिए । उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनुपरेपछि उपभोक्तासँग प्रतिसिलिण्डर १०५ रुपैयाँ ३८ पैसा अतिरिक्त ढुवानी शुल्क लिइँदै आएको थियो ।

गत भदौ १४ गतेदेखि काठमाडौँ उपत्यकामा बिक्री हुने ग्यास मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका उद्योगबाट सिलिण्डर रिफिल गरी वैकल्पिक मार्ग हुँदै ल्याइएको सङ्घले जनाएको छ ।

सडक अवरोधका कारण थपिएको ढुवानी खर्चलाई आधार बनाएर लिइँदै आएको अतिरिक्त रकम हटाउँदै अब निगमले निर्धारण गरेको मूल्यमा ग्यास बिक्री गर्न सङ्घले आग्रह गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै