कुकुरलाई सेती नदीमा फालेको आरोपमा ४२ वर्षीया महिला पक्राउ – Nepalboli

कुकुरलाई सेती नदीमा फालेको आरोपमा ४२ वर्षीया महिला पक्राउ

   २०८३ आश्विन १, बिहीबार  

बझाङ—जिउँदो कुकुरलाई पुलबाट सेती नदीमा फालेको आरोपमा प्रहरीले बझाङकी एक महिलालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३, पडेसकी ४२ वर्षीया बिमला देवी रोकाया रहेकी छन् । उनलाई जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई नदीमा फालेको आरोपमा बुधबार पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार रोकायाले करिब दुई सातादेखि बिरामी रहेको कुकुरलाई पानकोट पुलबाट सेती नदीमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। कुकुरको शरीरको पछाडिको भाग पाकेको र दुर्गन्ध आउने गरेको बताइएको छ ।

प्रहरीको प्रारम्भिक विवरणअनुसार उक्त कुकुरले घरनजिकैको बाटोमा आवतजावत गर्ने मानिसलाई टोक्न थालेपछि महिलाले नदीमा फालेकी थिइन् ।

पक्राउ परेकी रोकायालाई जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै