उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको तयारी, रविले बोलाए सर्वदलीय बैठक – Nepalboli

उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको तयारी, रविले बोलाए सर्वदलीय बैठक

   २०८३ भाद्र ३०, मंगलवार  

काठमाडौं— सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबीच उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयलाई मुख्य एजेन्डा बनाइएको छ । संयन्त्रको स्वरूप, आवश्यकता र त्यसमा सहभागी दलका विषयमा समेत छलफल हुने बताइएको छ ।

यसैगरी, पछिल्लो समय देखिएका विपद्का घटनाबाट उत्पन्न परिस्थितिमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा पनि दलहरूबीच छलफल गरिने प्रवक्ता खरेलले जानकारी दिए ।

सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ । बैठकले राजनीतिक समन्वयसँगै विपद् व्यवस्थापनमा दलहरूबीच साझा धारणा निर्माण गर्ने प्रयास गर्ने रास्वपाको तयारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै