जेनजी आन्दोलनका घटनामाथि आधारित नाटक हेर्दाहेर्दै तीन जना बेहोस – Nepalboli

जेनजी आन्दोलनका घटनामाथि आधारित नाटक हेर्दाहेर्दै तीन जना बेहोस

   २०८३ भाद्र २४, बुधबार  

काठमाडौं— नयाँ बानेश्वरमा आयोजित जेनजी सहिद दिवस कार्यक्रममा आन्दोलनका क्रममा भएका घटनामाथि आधारित नाटक तथा दृश्य सामग्री प्रदर्शन गरिरहेका बेला तीन जना बेहोस भएका छन् ।

कार्यक्रममा गत वर्ष भएको जेनजी आन्दोलनका क्रममा घटेका विभिन्न कारुणिक घटनालाई नाटक तथा भिडियोमार्फत प्रस्तुत गरिएको थियो । प्रदर्शनमा आन्दोलनकारीमाथि गोली प्रहार भएको, प्रदर्शनकारी घाइते भएको तथा मृत्यु भएका घटनाका दृश्यहरू समेटिएका थिए ।

ती दृश्य हेर्ने क्रममा केही दर्शकले असहज महसुस गरेका थिए । सोही क्रममा तीन जना बेहोस भएपछि उनीहरूलाई उपचारका लागि सिभिल अस्पताल लगिएको हो ।

उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण भने सार्वजनिक गरिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै