नेपाली काग्रेसद्धारा प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने निर्णय – Nepalboli

नेपाली काग्रेसद्धारा प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने निर्णय

   २१ बैशाख २०७८, मंगलवार  

नेपाली काग्रेसको पदाधिकारी बैठकले प्रधानमन्त्री केपी ओलीलाई २७ बैशाखमा विश्वासको मत नदिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवासमा मंगलवार दिउसो बसेको काग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री ओली विगत तीन बर्षमा पुर्णतह असफल रहेको निष्कर्ष निकाल्दै विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठक पछि सहमहामन्त्री प्रकाशरण महतले विश्वसको मत लिन प्रधानमन्त्री असफल भए पछि काग्रेसले नयां सरकारको गठनका लागी पहल गर्न पनि बताए ।

उनले पहिला विश्वसको मतमा असफल पार्ने योजना काग्रेसको रहेको र त्यस पछि मात्रै नयां सरकार गठनको वाटो खुल्ने पनि बताए ।

काग्रेस बैठकले लुम्बिनी प्रदेशमा काग्रेस-माओवादी गठवन्धनको बहुमत हुदाहुदै पनि नयां सरकार एमालेको नेतृत्वमा बनेको घटनालाई गैरलोकतान्त्रिक र गैरराजनितीक भनेको छ ।

भदौमा महाधिवेशन मिती घोषणा गर्को काग्रेसले कोद्धिडका कारण त्यसलाई सामाधानीपुर्वक अगाडी वढाउने पनि निष्कर्ष निकालेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै