१४ किलो गाँजा बरामद, कारसहित २१ वर्षीय युवक पक्राउ – Nepalboli

१४ किलो गाँजा बरामद, कारसहित २१ वर्षीय युवक पक्राउ

   २०८३ भाद्र २०, शनिबार  

पर्सा— पर्सामा प्रहरीले कारको डिकीमा लुकाएर लैजाँदै गरेको ठूलो परिमाणको गाँजा बरामद गरेको छ । प्रहरीले ११४ किलो २५ ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको हो ।

शुक्रबार राति ८ः४५ बजे प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त टोलीले पकहाँ मैनपुर गाउँपालिका–१, धोरेस्थित तिलाईपुल–भिष्वा सडकखण्डमा चेकजाँचका क्रममा गाँजा बरामद गरेको हो ।

तिलाईपुलबाट धोरेतर्फ आउँदै गरेको बा १८ च ३६५७ नम्बरको सेतो निशान कार रोकी जाँच गर्ने क्रममा पछाडिको डिकीमा प्लास्टिकको डोरीले बाँधेर राखिएका १२ वटा पोका फेला परेका थिए ।

प्रहरीका अनुसार ती पोकाभित्र प्लास्टिकसहित ११४ किलो २५ ग्राम लागुऔषध गाँजा भेटिएको हो ।

गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ का २१ वर्षीय साजन चेपाङलाई कारसहित नियन्त्रणमा लिएको छ ।

बरामद गाँजा, कार र पक्राउ परेका चेपाङलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै