बाढी प्रभावित क्षेत्रबाट १२ हजार बढीको उद्धार, खोज तथा उद्धार जारी रहेको प्रधानमन्त्रीको भनाइ – Nepalboli

बाढी प्रभावित क्षेत्रबाट १२ हजार बढीको उद्धार, खोज तथा उद्धार जारी रहेको प्रधानमन्त्रीको भनाइ

   २०८३ भाद्र १८, बिहीबार  

काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाह बालेनुले हालैको बाढी प्रभावित क्षेत्रबाट हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको बताएका छन् ।

बिहीबार राति फेसबुकमार्फत विपद् प्रतिकार्यबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले बाढीको सूचना पाउनासाथ राज्यका सबै संयन्त्रलाई खोज तथा उद्धारमा परिचालन गरिएका कारण ठूलो संख्यामा उद्धार सम्भव भएको बताएका हुन् ।

उनका अनुसार बाढीका कारण १ हजार २५९ जनाको मृत्यु भएको छ भने ५ हजार ८३ जना अझै सम्पर्कविहीन छन् । सम्पर्कविहीनहरूको खोजी कार्य जारी रहेको र प्रभावितहरूको विस्तृत तथ्यांक संकलन भइरहेको उनले बताए ।

जलविद्युत् आयोजनाहरूमा मानिस फसेको हुनसक्ने आशंकामा खोज तथा उद्धारको प्रयास जारी रहेको भन्दै उनले नेपाली सेनाको नेतृत्वमा भारत, चीन र दक्षिण कोरियाका विज्ञ टोलीले उद्धार कार्य गरिरहेको जानकारी दिए ।

बाढीका कारण चीनको केरुङमा फसेका ११४ जना नेपालीलाई सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपाल ल्याउन सहजीकरण भइरहेको र मालवाहक कन्टेनरहरूलाई भने कोरला नाकाबाट ल्याउने तयारी गरिएको प्रधानमन्त्री शाहले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै