रास्वपा सचिवालय बैठक आज
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा_ ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको छ ।
पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार सभापति रवि लामिछानेको अध्यक्षतामा आज बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय घण्टीघर, बनस्थलीमा बैठक बस्नेछ ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमसहित समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको प्रवक्ता खरेलले जानकारी दिए।