हातमा ‘दशरथ जङ्गे’ लेखिएका युवकसहित ९ जनाको शव भारतबाट फर्कियो, पहिचान अझै हुन सकेन – Nepalboli

हातमा ‘दशरथ जङ्गे’ लेखिएका युवकसहित ९ जनाको शव भारतबाट फर्कियो, पहिचान अझै हुन सकेन

   २०८३ भाद्र १७, बुधबार  

बेलहिया — भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये ९ जनाको शव भारतबाट फर्किएको छ, तर पहिचान अझै खुल्न सकेको छैन ।

बुधबार बेलहिया नाकामा बुझाइएका शवमध्ये एक युवकको दाहिने हातमा ‘दशरथ जङ्गे’ लेखिएको ट्याटु छ । त्यस्तै एक ९ देखि १२ वर्षकी बालिका, एक ३५–४० वर्षकी महिला र एक ४०–४५ वर्षका पुरुषको शव पनि रहेको ईलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।

भारतीय सुरक्षा निकायले नारायणी नदीको किनारबाट फेला पारेका एक बालिकासहित ४ महिला र ५ पुरुषका ९ शव दुई दिन लगाएर नेपाललाई हस्तान्तरण गरेको हो । मंगलबार राति ५ र बुधबार ४ वटा शव ल्याइएको प्रहरी निरीक्षक हरेराम डाँगीले बताए ।

भारतको कुशीनगरमा पोस्टमार्टमपछि ल्याइएका शव अहिले लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा राखिएको छ । पहिचानका लागि परिवारले प्रहरी अस्पतालमा गएर डीएनए नमुना दिनुपर्ने प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै