रामग्राममा लागुऔषध कारोबारी पक्राउ गर्ने क्रममा प्रहरीले चलायो ४ राउण्ड गोली – Nepalboli

रामग्राममा लागुऔषध कारोबारी पक्राउ गर्ने क्रममा प्रहरीले चलायो ४ राउण्ड गोली

   २०८३ भाद्र १५, सोमबार  

दाङ— पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चार राउण्ड गोली चलाएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोको भैरहवा शाखाबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिकलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । घटनामा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ ।

ब्यूरोका अनुसार पक्राउ परेका दुवै जनाको पहिचान भने तत्काल सार्वजनिक गरिएको छैन । उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चार राउण्ड गोली फायर गरेको एक प्रहरी अधिकृतले जानकारी दिए ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट १५८ ग्राम खैरो हेरोइनसमेत बरामद गरेको ब्यूरो स्रोतले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरू लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा अनुसन्धान अघि बढाइएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै