कांग्रेस संसदीय दलको बैठक आज बस्दै
काठमाडौं— नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ ।
कांग्रेस संसदीय दलका अनुसार बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ११ बजे बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिक विषय तथा संसदमा पार्टीको आगामी रणनीतिबारे छलफल हुन सक्ने भए पनि बैठकको औपचारिक एजेन्डा भने सार्वजनिक गरिएको छैन ।
संसदीय दलको बैठकमा कांग्रेसका प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्यहरूको सहभागिता रहनेछ ।