भारतद्वारा दोस्रो खेप अन्तर्गत नेपाललाई ३७.५ टन मानवीय सहायता हस्तान्तरण
काठमाडौं — भारतले नेपालमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन ३७.५ टन मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा प्रयोग हुने एचएडीआर सामग्री, औषधि तथा खाद्य प्याकेटसहितको दोस्रो खेप विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरिएको हो ।
भारतले नेपालमा आएको विपद्को कठिन समयमा नेपाल र नेपाली जनताको साथमा रहने प्रतिबद्धता दोहोर्याएको छ । भारतले उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग निरन्तर उपलब्ध गराउँदै जाने जनाएको छ ।
बुधबार राती भारतले पहिलो खेपको सहयोह नेपाललाई उपलब्ध गराएको थियो ।