प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक, राहत प्याकेजबारे निर्णय हुने
काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयसँगै बाढी तथा विपद् प्रभावितका लागि विशेष राहत प्याकेज घोषणा गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
पछिल्लो समय बाढी तथा पहिरोका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि सरकारले उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकतामा राख्दै आएको छ ।
आजको बैठकले प्रभावित परिवारलाई राहत उपलब्ध गराउने, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा तत्कालीन उद्धार–राहत व्यवस्थापनसम्बन्धी महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ ।