रसुवा बाढीः सात जिल्लामा ७२ शव फेला, चितवनमा मात्रै २८ – Nepalboli

रसुवा बाढीः सात जिल्लामा ७२ शव फेला, चितवनमा मात्रै २८

   २०८३ भाद्र १०, बुधबार  

काठमाडौं—रसुवामा आएको बाढीमा परी बेपत्ता भएकामध्ये ७२ जनाको शव विभिन्न सात जिल्लामा फेला परेको छ । सशस्त्र प्रहरी बलका अनुसार बाढीपछि खोजी तथा उद्धारका क्रममा ती शव फेला परेका हुन् ।

सशस्त्र प्रहरीका अनुसार चितवनमा मात्रै २८ जनाको शव फेला परेको छ । अन्य जिल्लामा फेला परेका शवको विवरण संकलन तथा पहिचान गर्ने काम भइरहेको जनाइएको छ ।

बाढीमा परी अझै कति जना बेपत्ता छन् भन्ने यकिन विवरण भने आउन बाँकी रहेको छ। सुरक्षा निकायले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै