माओवादी केन्द्रद्धारा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

माओवादी केन्द्रको आज बसेको स्थाई कमिटी बैठकले वर्तमान सरकारलाई दिददै आएको सर्मथन फिर्ता लिने निर्णय गरेको छ । पेरिसडाडा स्थित माओवादी केन्द्रको पार्टी कार्यलयमा मंगलवार दिउसो बसेको बैठकले वुधवार लिखित रुपमा यो सरकारलाई समर्थन नरहेको पत्र पठाउन लागेको जानकारी बैठक पछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
उनले त्यसको साथै आजको बैठकले प्रधानमन्त्री केपी ओलीले आउदो २७ गते लिन लागेको विश्वासको मतको नियत पनि ठिक नभएको निष्कर्ष निकालेका छन । बैठकले ओलीको विपक्षमा मतदन गर्ने निष्कर्ष निकालेको छ ।
साथै गत आइतवार लुम्बिनी प्रदेशमा भएको राजनिती घटनाक्रमलाई अलोकतान्त्रिक भन्दै शैकर पोखरेल नेतृत्वको वर्तमान सरकारलाई वैद्यता नदिने पनि निष्कर्ष निकालेका हुन ।