भोटेकोशीमा भीषण बाढीको कारण वर्षा होइन – Nepalboli

भोटेकोशीमा भीषण बाढीको कारण वर्षा होइन

   २०८३ भाद्र १०, बुधबार  

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीको प्रमुख कारण वर्षा नभएको स्पष्ट पारेको छ । बितेको २४ घण्टामा उक्त क्षेत्रमा भारी वर्षा नभएकाले हिमताल फुटेर बाढी आएको हुन सक्ने विभागका वरिष्ठ मौसमविद्को प्रारम्भिक आशङ्का छ ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार, रसुवाका विभिन्न स्थानमा बितेका २४ घण्टामा सामान्य मात्र वर्षा भएको छ । मापन अनुसार त्यस क्षेत्रमा ७ मिलिमिटरभन्दा बढी पानी परेको छैन ।

यति थोरै वर्षाका कारण नदीमा भीषण बाढी आउने सम्भावना नरहने भएकाले बाढीको मुख्य स्रोत हिमताल विस्फोटन वा अन्य कारण हुन सक्ने औँल्याइएको छ । मौसमविद् अर्यालले बाढीको वास्तविक कारण पत्ता लगाउन विभागले विस्तृत अनुसन्धान सुरु गर्ने जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै