रसुवाको टिमुरेमा सशस्त्र प्रहरीको टोली सम्पर्कविहीन – Nepalboli

रसुवाको टिमुरेमा सशस्त्र प्रहरीको टोली सम्पर्कविहीन

   २०८३ भाद्र १०, बुधबार  

काठमाडौं— तिब्बततर्फबाट आएको बाढीपछि रसुवाको टिमुरेमा ड्युटीमा खटिएको सशस्त्र प्रहरी बलको टोली सम्पर्कविहीन भएको छ ।

सशस्त्र प्रहरीका अनुसार बाढीपछि सञ्चार सम्पर्क विच्छेद भएकाले टिमुरेमा खटिएको टोलीसँग सम्पर्क हुन नसकेको हो । सञ्चार सम्पर्क नहुँदा घटनाको विस्तृत विवरण संकलनमा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ ।

यता, टिमुरेमा खटिएका नेपाल प्रहरीका ७ जना भने सम्पर्कमा आएका छन् ।

बाढीका कारण टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको प्रारम्भिक विवरण आए पनि सशस्त्र प्रहरीको टोलीको अवस्था तथा अन्य क्षतिको यकिन विवरण भने सम्पर्क स्थापित भएपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै