रसुवामा बाढीको वितण्डाः प्रहरीका ३ कार्यालयमा क्षति, विवरण संकलन हुँदै – Nepalboli

रसुवामा बाढीको वितण्डाः प्रहरीका ३ कार्यालयमा क्षति, विवरण संकलन हुँदै

   २०८३ भाद्र १०, बुधबार  

काठमाडौं— तिब्बततर्फबाट आएको बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण नेपाल प्रहरीका तीन वटा कार्यालयमा समेत क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढी बाढीबाट प्रभावित भएका छन् । ती कार्यालयका भौतिक संरचनामा ठूलो क्षति पुगेको बताइएको छ ।

बाढीका कारण कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको अवस्थाबारे भने विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन तथा प्रहरी कर्मचारीको अवस्थाबारे जानकारी लिने काम भइरहेको बताइएको छ। प्रहरीले घटनाको थप विवरण संकलन भएपछि मात्र क्षतिको यकिन विवरण सार्वजनिक गर्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै