मधेशदेखि वैकल्पिक धारसम्म एकता, ७ दलले बनाए ‘अग्रगामी मोर्चा’
काठमाडौं— मधेश केन्द्रित दल एकजुट भएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालसहित ७ दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका हुन् ।
आज काठमाडौं ब्यांक्वेट थापागाउँमा आयोजित कार्यक्रमबाट मोर्चाको घोषणा गरिएको हो ।
मोर्चामा जसपा नेपाल, जनमत, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल सहभागी छन् ।
मोर्चामा तत्कालीन माओवादीका उपमहासचिव जनार्दन शर्मा र रास्वपा छाडेका सन्तोष परियार आबद्ध प्रलोपा पनि जोडिएको छ ।