राष्ट्रिय सभाको आजको बैठक स्थगित, साउन २७ गते बस्ने – Nepalboli

राष्ट्रिय सभाको आजको बैठक स्थगित, साउन २७ गते बस्ने

   २०८३ श्रावण २२, शुक्रबार  

काठमाडौँ — आजका लागि तय गरिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयले बैठकको मिति र समय परिवर्तन गर्दै नयाँ मिति सार्वजनिक गरेको हो ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार, आज साउन २२ गते शुक्रबार अपराह्न १ः१५ बजे बस्ने तय भएको बैठक अब साउन २७ गते बुधबार अपराह्न १ः१५ बजे बस्नेछ ।

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिय सभा अध्यक्षले बैठकको नयाँ मिति र समय निर्धारण गरेको सचिवालयले जनाएको छ ।

बैठक सार्नुको कारणबारे भने सूचनामा कुनै विवरण उल्लेख गरिएको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै