कप्तानगञ्ज घटनाका मृतकका परिवारलाई जनही १० लाख राहत दिने देवानगञ्ज गाउँपालिकाको निर्णय – Nepalboli

कप्तानगञ्ज घटनाका मृतकका परिवारलाई जनही १० लाख राहत दिने देवानगञ्ज गाउँपालिकाको निर्णय

   २०८३ श्रावण १४, बिहीबार  

सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई गाउँपालिकाले आर्थिक राहत उपलब्ध गराउने निर्णय गरेको छ। बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारलाई जनही १० लाख रुपैयाँका दरले राहत प्रदान गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम घिमिरेले जानकारी दिएका छन् ।

उक्त घटनामा ओमप्रकाश मेहताको आइतबार राति नै मृत्यु भएको थियो भने घाइते जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार निधन भएको हो। कार्यपालिकाको बैठकले घटनामा ज्यान गुमाएका दुवै व्यक्तिलाई सहिद घोषणा गर्न नेपाल सरकारसमक्ष आग्रह गर्ने निर्णय पनि गरेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए ।

त्यसैगरी, घटनामा गम्भीर घाइते भएकालाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ तथा मध्यम र सामान्य घाइतेलाई जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय पनि गाउँपालिकाले गरेको जनाएको छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै