काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह – Nepalboli

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

   २०८३ श्रावण १३, बुधबार  

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले उपत्यकामा भएको निरन्तर वर्षाका कारण काठमाडौँका नदीखोला सतर्कता तहको आसपास रहेको बताएको छ । मौसमविद् सौहार्द जोशीका अनुसार बागमती, धोबीखोला लगायत काठमाडौँ कोरिडोर क्षेत्रमा खोला सतर्कता तह आसपास पुगेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँको खोलाहरु बढेको देखिन्छ । सानो–सानो खोलामा थोरै पानीमा तत्काल बढ्न सकने भएकोले धोबीखोला सतर्कता तह आसपास देखिन्छ । काठमाडौँको कोरिडोर आसपास दैनिक आवात्जावत् हुने भएकोले ख्याल गर्नुपर्ने देखिन्छ ।”

लुम्बिनी, कर्णाली, बागमती, गण्डकी, कोशी प्रदेश र कर्णालीको तल्लो भेगबाहेक सबै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ । बिहीबार बिहानसम्म विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकोले सतर्कता आप्नाउन आग्रह गरिएको उहाँको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै