चार प्रदेशको पहाडी भू–भागमा भारी वर्षाको सम्भावना – Nepalboli

चार प्रदेशको पहाडी भू–भागमा भारी वर्षाको सम्भावना

   २०८३ श्रावण १३, बुधबार  

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भू–भागमा सरदरभन्दा उत्तरतर्फ रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बुधबार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ । बिहीबार र शुक्रबार देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेस र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ ।

भोलि कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ । पर्सी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै