स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी – Nepalboli

स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी

   २०८३ श्रावण ८, शुक्रबार  

स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२ र ८३ मा अघिल्लो आर्थिक वर्ष र २०८२ पुस महिनासम्म स्वीकृत स्वास्थ्य बिमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ भुक्तानी गरेको जनाएको छ । बोर्डले आर्थिक वर्ष २०८२ र ८३ मा असोज, कात्तिक र मङ्सिरसम्म प्राप्त दाबीमध्ये स्वीकृत दाबीको भुक्तानी यसअघि नै सम्पन्न गरिएको थियो।

पछिल्लो निर्णयअनुसार २०८२ पुस महिनाको स्वीकृत भएका दाबीको रकम दुई अर्ब चार करोड ८३ लाख सात हजार ७६९ सेवा प्रदायक स्वास्थ्य संस्थाको बैङ्क खातामा जम्मा गरिएको हो।

यससँगै आर्थिक वर्ष २०८२ र ८३ अन्तर्गत पुस महिनासम्मका स्वीकृत दाबीको भुक्तानी सम्पन्न भएको बोर्डले जनाएको छ।स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई दाबी भुक्तानी नियमित, पारदर्शी र चरणबद्ध रूपमा अगाडि बढाइरहेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै