विशेष कारणले सर्यो प्रतिनिधि सभाको बैठक, बिहीबार बिहान ११ बजे बस्ने
प्रतिनिधि सभाको बैठक बस्ने दिन र समय परिवर्तन भएको छ। बुधबार १५ मिनेटपछि बस्ने गरी स्थगित भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएको संसद् सचिवालयले जनाएको छ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना सार्वजनिक गर्दै प्रतिनिधि सभा नियमावली, २०८० को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले सभाको बैठक असार २५ गते बिहीबार बिहान ११ बजे बस्ने गरी निर्धारण गर्नुभएको हो।