कोशीमा मनसुनी वायुको प्रभाव, देशका विभिन्न भूभागमा वर्षाको सम्भावना – Nepalboli

कोशीमा मनसुनी वायुको प्रभाव, देशका विभिन्न भूभागमा वर्षाको सम्भावना

   २०८३ असार ७, आईतवार  

जल तथा मौसम विज्ञान विभागले हाल कोशी प्रदेशको केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको बताएको छ । विभागका अनुसार अहिले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज आइतबार राति कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

भोलि सोमबार र पर्सी मङ्गलबार देशका हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ । भोलि मधेस, बागमती, गण्डकी प्रदेशमा तथा पर्सी मधेस, मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ ।

भोलि र पर्सी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरुमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै