सन् २०२५ मा प्रत्येक १४ मिनेटमा एक जनाको मृत्यु- राष्ट्रसङ्घ – Nepalboli

सन् २०२५ मा प्रत्येक १४ मिनेटमा एक जनाको मृत्यु- राष्ट्रसङ्घ

   २०८३ जेष्ठ ७, बिहीबार  

न्युयोर्क-  सन् २०२५ मा विश्वभरका द्वन्द्व क्षेत्रमा प्रत्येक १४ मिनेटमा एक जना सर्वसाधारणको मृत्यु भएको सयुक्त राष्ट्रसङ्घले जनाएको छ । जसमा बालबालिका, तथा आम नागरिक, उनीहरूको घर, कार्यस्थल, विद्यालय, सडकलगायतका क्षेत्रमा सुरक्षाको खोजीमा भाग्ने प्रयास गर्दा मृत्यु बरण गरेको उल्लेख गरिएको छ ।

विभिन्न क्षेत्रमा राखिएका विस्फोटक हतियारले मानविय जीवन मात्र नभइ पावर ग्रिड, पानी सञ्जाल, विद्यालय र अस्पताल जस्ता अत्यावश्यक संरचना नष्ट गरेको ओसिएइचएका लागि क्राइसिस रेस्पोन्स डिभिजनका निर्देशक एडम वोसोर्नुले सशस्त्र द्वन्द्वमा नागरिकको सुरक्षा विषय सुरक्षा परिषदलाई जानकारी दिँदै बताउनुभएको छ ।

उहाँले नागरिक द्वन्द्वमा लक्षित नभए पनि द्वन्द्वको प्रत्यक्ष सिकार हुने गरेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घले गत वर्ष विश्वभरका १८ वटा क्षेत्रमा भएका द्वन्द्वमा चिकित्सा सेवामा एक हजार ३५० भन्दा बढी आक्रमण रेकर्ड गरेको उल्लेख गरेको छ । संयुक्त राष्ट्रसङ्घका अधिकारीले सन् २०२५ मा द्वन्द्वले निम्त्याएको बढ्दो भोकमरी सङ्कटलाई पनि औंल्याउँदै, करिब १४ करोड ७० लाख मानिसले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका बताएका छन् ।

पछिल्लो समयमा अनिकाल तथा खाद्य असुरक्षाका विभिन्न घटना पुष्टि भएको उल्लेख गर्दै खानाको अभावका कारण मात्र नभई द्वन्द्वरत पक्षको शत्रुताको कारण मानवीय सहायता वितरणमा अवरोध सिर्जना गर्नले यस्तो अवस्था आएको बताउनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै