महोत्तरी नैन्हीका डा रजत मिश्र अमेरिका स्थित यूनिभरसिटि अफ टेक्सास प्राध्यापकमा पदोन्नित
महोत्तरी सदरमुकाम जलेश्वर वडा १२ नैन्हीका डा रजत मिश्र संयुक्त राज्य अमेरिका स्थित यूनिभरसिटि अफ टेक्सास को स्टेफन एफ अस्टिन स्टेट युनिभरसिटीमा प्राध्यापक (प्रोफेसर) पदमा पदोन्नित भएका छन । डा मिश्र सन २०१४ सह प्राध्यापकको रुपमा उक्त विशवविद्यालयमा छिरेका थिए । २०१४ मा सह प्राध्यापकको उक्त विश्विद्यालयमा छिरेका मिश्र सन २०२० मा उपप्राध्यापक बनेका थिए । उनी त्यहाँ व्यवस्थापन विभाग अन्तर्गत Operations and Supply Chain Management बिषय अध्यापन गराउदै आएका छन ।
सन २००६ मा नेपालवाट अमेरिका जानुअघि काठमाडौ स्थित पुलचौक स्थित इन्जियरिंग कयाम्पसवाट मेकानिकल ईन्जियरिंग गरेका मिश्र अमेरिका गए पछि पहिला औद्योगिक ईन्जियरिंग Industrial Engineering मा MS गरेका थिए । त्यस पछि व्यपस्थापनमा उनी विद्यावारिद्यी PhD गरेका थिए । विद्यावारिद्यी गरेपछि सन २०१४ यता मिश्र उक्त विश्विद्यालयमा अध्यापन गराउदै आएका छन । अध्यापनको क्रममा विश्वविद्यालयवाट हरेक बर्ष पाउने ५ महिना विदाको क्रममा मिश्र नेपाल आएर समाजिक तथा नागरिक अभियानहरुमा संग्लन हुने गरेका छन ।
स्वाभिमान र समृद्धिमा आधिरित विभिन्न समाजिक अभियानमा संग्लन मिश्र अब आउँदो समयमा वढी समय नेपालमै बस्न चाहेको बताए । उनले नेपालमा अगामी दिनमा सिपमुलुक शिक्षाको क्षेत्रमा काम गर्न चाहेको बताए । नागरिकलाई स्व रोजगार संग जोडेर सिपमुलुक शिक्षाका लागी विभिन्न संघ-संस्था र अन्तराष्टिय विश्विद्यालयहरु संग सहकार्य गर्न सोच आफनो रहेको मिश्रले बताए ।