मधेश प्रदेशबाट ३४ जना बिचौलिया पक्राउ – Nepalboli

मधेश प्रदेशबाट ३४ जना बिचौलिया पक्राउ

   २०८२ चैत्र २४, मंगलवार  

काठमाडौँ । मधेश प्रदेशको जिल्लाहरूको विभिन्न कार्यालयबाट ३४ जना बिचौलिया पक्राउ परेका छन् । गृह मन्त्रालयको निर्देशनपछि मालपोत, यातायात व्यवस्था कार्यालय, अदालत, बस पार्क, ट्राइल सेन्टरबाट ३४ बिचौलिया प्रहरीले पक्राउ गरेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सर्लाहीको मालपोत कार्यालयबाट ७ र ट्रायल सेन्टरबाट २ गरी ९ जना, पर्साको वीरगञ्जस्थित नारायणी यातायात व्यवस्था कार्यालयबाट ४ जना र मालपोत कार्यालयबाट ३ जना गरी ७ जना छन् ।

यस्तै रौतहटको मालपोत कार्यालय, अदालत र बस पार्कबाट ६ जना, सप्तरीबाट ११ जना र सिरहाबाट १ जना छन् । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै