सामाजिक सञ्जालबाट प्रलोभन देखाइ १७ करोडभन्दा ठगी गरेको चिनियाँ नागरिक पक्राउ – Nepalboli

सामाजिक सञ्जालबाट प्रलोभन देखाइ १७ करोडभन्दा ठगी गरेको चिनियाँ नागरिक पक्राउ

   २०८२ चैत्र २०, शुक्रबार  

विभिन्न सामाजिक सञ्जालबाट नेपाली नागरिकसँग कुराकानी गरी विभिन्न प्रलोभन देखाइ रकम ठगी गर्ने एक चिनियाँ नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार चीनका ३५ वर्षीय जु यी फेङले ठगी गरेको रकमलाई अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) मा साटी कारोबार गर्ने गरेका छन् ।

नेपाली १७ करोड ७९ लाख ७० हजार ३७१ रुपियाँ बराबरको अभौतिक मुद्रा युएसडीटी को कारोबार, मोबाइल तीन थान र इन्टरनेसनल एक्स्प्रेस लेखिएको रकम पठाउन प्रयोग गरिने कागजातसहित काठमाडौँ महानगरपालिका २६ ठमेलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

काठमाडौँ जिल्ला अदालतको म्याद थप अनुमति लिइ उनीमाथि अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै