भारतीय आर्थिक सहयोगमा निर्माण हुने फोहोरमैला व्यवस्थापन केन्द्रको सुनसरीको दुहवीमा शिलान्यास – Nepalboli

भारतीय आर्थिक सहयोगमा निर्माण हुने फोहोरमैला व्यवस्थापन केन्द्रको सुनसरीको दुहवीमा शिलान्यास

   २०८२ चैत्र १५, आईतवार  

भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुने फोहोरमैला व्यवस्थापन केन्द्रको सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा शिलान्यास गरिएको छ । काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री नारायण सिंह र दुहवी नगरपालिकाका मेयर श्री बेद नारायण गच्छदारले उक्त केन्द्रको संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

भारत सरकारको आर्थिक सहयोग करिब नेरु १६.४ करोडमा यस फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण हुँदैछ । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना सुनसरीको दुहवी नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ । दुहवी नगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिएको विकास सहयोगको प्रशंसा गर्नुभयो र यो नयाँ संरचनाले दुहवी नगरपालिकामा दिगो फोहोरमैला व्यवस्थापनलाई प्रवद्र्धन गर्न मद्दत पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै