काठमाडौको मेयर बने लगत्तै बालेन शाहले मधेशी साह थर वाट क्षेत्रिय शाहको नामवाट नागरिकता लिए
अगामी प्रतिनिधीसभाको निर्वाचनमा रास्पावाट प्रस्तावित प्रधानमन्त्रीको उम्मेदवार आफनो थर परिर्वतन गरेको पाइएको छ । काठमाडौको मेयरवाट राजिनामा दिएर रास्पाको प्रधानमन्त्रीको उम्मेदवार बनेका बालेन शाह गएको ०७९ को स्थानिय तह निर्वाचनमा काठमाडौको मेयरमा निर्वाचित भए लगत्तै आफनो थर परिवर्तन गरेको पाइएको छ । मधेशी समाजको तेली समुदायको साहको छोरा बालेन पहिला ०६३ सालमा मधेशी साहकै थर वाट आफनो पुुर्खीलीय जिल्ला महोत्तरीवाट नागरिकता लिएको देखिन्छ । तर ०७९ को बैशाखमा भएको स्थानिय तह निर्वाचन वाट काठमाडौको मेयरमा निर्वाचित भए पछि बालेन जेठमै काठमाडौवाट प्रतिलिपी नागरिकता निकाल्दै मधेशी समुदायको तेली साहवाट पहाडी समुदायको क्षेत्रिय शाहको रुपमा आफनो थर परिवर्तन गरेको देखिन्छ ।
२१ गते हुन गईरहेको प्रतिनिधीसभा निर्वाचनमा मधेशी छोराको रुपमा चित्रित गरिएका बालेन शाह आफनो मात्रै नभएर सम्पुर्ण परिवारकै थर एक साथ परिवर्तन गरेको देखिएको छ । केहि समय अघि मात्रै मृत्यु भएको उनको बुबाको समेत साह वाट शाह थर परिर्वतन गरेको देखिएको छ ।
काठमाडौंको मेयरमा उनी निर्वाचित भए पछि आम मधेशी समुदायमा मधेशी समुदायका मेयर भयो भनेर चित्रित गरिएको थियो । तर तथ्यले उनी मेयरमा निर्वाचित भएको एक महिनामै मधेशी साह वाट पहाडी क्षेत्रिय शाहमा परिर्वतन भएको देखिन्छ । मेयर निर्वाचित भए लगत्तै बालेनले आफ्नो र आमाबुवाको मधेसी पहिचानलाई पूर्ण रूपमा मेटाउन लागिपरे। मेयर पदको दुरुपयोग गरेर नागरिकता, पासपोर्ट र मधेसीको पहिचान देखाउने सबै कागजातबाट मधेसी पहिचान मेटाएर थर परिर्तन गर्दा नागरिता कै किर्ते गरेको भन्दै काठमाडौमा प्रशासनमा उजुरी समेत दर्ताको निवेदन पेश गरिएको छ । यद्यपी प्रशासनले उक्त उजुरी अहिले अध्यनको क्रममा राख्दै दर्ता गरेको छैन ।
उनी माथी काठमाडौंको मेयर हुदा निम्म वर्गीय मधेसी समुदायलाई काठमाडौवाट लखेटेको आरोप छन । प्रतिनिधीसभा निर्वाचनमा रास्पावाट उम्मेदवार बनेर आफनो निर्वाचनको अभियान सुुरु गर्दा गएको ५ माघ गते जनकपुरवाट सुरु गरेका थिए । जनकपुरमा पहिलो पटक सार्वजनिक सम्बोधन गर्दा बालेनले आफुुलाई मधेशीको छारा भनेर चित्रित गरेका थिए ।
