आगामी निर्वाचन केन्द्रित बृह्त लोकतान्त्रिक संवाद कार्यक्रम आयोजना – Nepalboli

आगामी निर्वाचन केन्द्रित बृह्त लोकतान्त्रिक संवाद कार्यक्रम आयोजना

   २०८२ माघ २५, आईतवार  

आउदो फागुन २१ गते हुन गईरहेको प्रतिनिधीसभा निर्वाचनको सन्दर्भ पारेर लोकतन्त्र संवाद अभियानद्धारा बृहत लोकतन्त्र संवाद कार्यकम आयोजना गरिएको छ । शनिवार काठमाडौमा आयोजना गरिएको कार्यक्रममा भारतीइ बुद्धजिवी र नेपाली बुद्धजीवीहरुले संयुक्त रुपमा आउदो निर्वाचन लोकतन्त्रात्रिक मुल्य मान्यताका लागी विशेष रहेको भन्दै आम नागरिकलाई सचेत भएर मतदान गर्न आग्रह गरेका छन ।

कार्यक्रममा भारतीय प्राध्यापक डा सञ्जीवकुमार शर्माले सनातन परम्परा नै सबै भन्दा पुरानो लोकतान्त्रीक मुल्य मान्यतामा आधारित रहेको भन्दै अगामी निर्वाचन नेपालको लागी विशेष हुने बताए । आम नागरिकको तहमा संवाद र सहकार्यको वाटो लोकतन्त्रले दिने बताउदै शर्माले प्रजातन्त्र वा लोकतन्त्र पश्चिमा देशहरुको भन्दा पनि सनातन परम्परामा पुरानो भएको दावी गरे ।

कार्यक्रममा नेपालका भुु राजनितीक विश्लेषक डा चन्द्रदेव भट्टले लोकतन्त्रले निर्वाचनबाटै कानुनी वैधता पाउने भएकाले फागुन २१ गते हुने निर्वाचन सफल बनाउन सबै लाग्नुपर्ने बताए। दोस्रो विश्वयुद्धपछि विश्वका धेरै देशमा लोकतान्त्रिक शासन व्यवस्था चलिरहेकाले अबका दिन लोकतान्त्रिक शासन व्यवस्थालाई संस्थागत बनाउन सबै लाग्नुपर्नेमा जोड दिए।

कार्यक्रममा पूर्वन्यायाधीश डा आनन्दमोहन भट्टराईले संविधानसभाबाट २०७२ सालमा जारी भएको संविधान २०४७ को जस्तो संशोधन गर्नै नसकिने खालको नभएकाले यसमा नमिलेका विषयलाई संशोधन गरेर जानुपर्ने बताए। नयाँ संविधान ल्याउने विषय खर्चिलो हुने उल्लेख गर्दै उनले अहिलेको संविधानमा भएका खर्चिलो व्यवस्थालाई मितव्ययी बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा लेखक एवं विश्लेषक श्रीकृष्णअनिरुद्र गौतमले राष्ट्र संस्कृतिद्वारा लोकतन्त्र संरिक्षत हुनुपर्ने बताए। जनतासँगको सम्झौता नतोड्नेलाई मत दिएमात्र लोकतन्त्र संरिक्षत हुने उनको भनाई थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै