राष्ट्रिय सभाबाट तीन अध्यादेश स्वीकृत – Nepalboli

राष्ट्रिय सभाबाट तीन अध्यादेश स्वीकृत

   २०८२ माघ १९, सोमबार  

राष्ट्रिय सभाको आजको बैठकमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेशलगायत तीन अध्यादेश, २०८२ सर्वसम्मतिले स्वीकृत भएको छ । बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली अध्यादेशसहित प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ स्वीकृतका लागि प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तावलाई अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ पेस गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो । सभाको अर्को बैठक यही माघ २३ गते शुक्रबार १ः१५ बजे बस्ने छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै