वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भए पछि काग्रेस बैठक बस्न सकेन – Nepalboli

वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भए पछि काग्रेस बैठक बस्न सकेन

   २० बैशाख २०७८, सोमबार  

काग्रेस सभापति शेरबहादुर देउवाले सोमवार दिउसो बोलाएको पदाधिकारी बैठक हुन सकेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भए पछि सोमवार दिउसो दुुई बजेका लागी वोलाइएको बैठक स्थगीत गरिएको काग्रेस पार्टी कार्यलयले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरे पछि काग्रेस पदाधिकारी तहमा छलफल गर्न बैठक बोलाएका थिए । आइतवार मन्त्रीपरिषद बैठकले पैम ओली विश्वासको मत लिने निर्णय गर्दै आउदो २७ गते संसदको अधिवेशन वोलाउने सिफारिस राष्टपति समकक्ष गरेको थियो ।

मन्त्रीपरिषदको सिफारिस पश्चात आइतवार नै राष्टपतिले संसदको अधिवेशन २७ गतेका लागी वोलाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै