पहिलो भारत-नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क कोहर्ट आयोजना
नेपालको २४ वटा स्टार्टअपहरूको सहभागिता रहेको पहिलो भारत-नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क कोहर्टको आयोजना गरिएको छ । (IN-SPAN) कोहर्ट (समूह) को आज आईआइटी मद्रासद्वारा आयोजित विदाई कार्यक्रमसँगै सफलतापूर्वक सम्पन्न भयो।
भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) श्री मुनु महावर उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। वहाँले पहिलो कोहर्टको आयोजना गरेकोमा आईआइटी मद्रास इकोसिस्टमलाई धन्यवाद व्यक्त गर्नुभयो र सहभागीहरूलाई बधाई दिँदै यसले भारत-नेपाल स्टार्टअप सहकार्यलाई अझ मजबुत बनाउने कुरा उल्लेख गर्नुभयो।
सहभागी स्टार्टअपहरूको प्रतिक्रिया अत्यन्तै सकारात्मक रह्यो । तीमध्ये ९ वटा स्टार्टअपले आईआइटी मद्रास इन्क्युबेसन सेल र आईआइटी मद्रासमा लगानी तथा इन्क्युबेसनका लागि प्रस्ताव समेत पाए।
आगामी केही महिनामा यसको अर्को संस्करण पनि सुरु हुने नेपाल स्थित भारतीय दुतावासले जनाएको छ ।