निर्वाचनको लागि भारत सरकारद्वारा उपहार स्वरुप ६१ वटा गाडी हस्तान्तरण
भारत सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उपहार स्वरुप नेपाल सरकारलाई ६१ वटा यातायातका साधन हस्तान्तरण गरेको छ । मंगलबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच भारतीय दूतावासले ६१ वटा क्याबिन पिक भ्यान सरकारलाई हस्तान्तरण गरेको छ ।
भारतले आसन्न निर्वाचनलाई मध्यनजरगरी विभिन्न प्रकारका ५३८ वटा गाडि सहयोग गर्दैछ भने जस अन्र्तगत पहिलो चरणमा ६१ वटा गाडी हस्तान्तरण गरेको हो ।
विभिन्न प्रकारका ५३८ वटा गाडी भारत सरकारले निर्वाचनलाई मध्यनजर गरेर सुरक्षा निकाय चाडै हस्तानान्तरण गर्ने तयारी चलीरहेको छ । जेनजी आन्दोलनपछि सुरक्षा निकायमा सवारी साधनको कमी थियो । गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो ।
