शितलहर नरोकिएपछि वीरगञ्ज र जनकपुरमा १८ गतेसम्म शैक्षिक संस्था बन्द – Nepalboli

शितलहर नरोकिएपछि वीरगञ्ज र जनकपुरमा १८ गतेसम्म शैक्षिक संस्था बन्द

   २०८२ पुष १६, बुधबार  

शितलहर नरोकिएपछि मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा विद्यालय बिदा थप गर्ने निर्णय गरेको छ। अत्यधिक चिसो र शितलहर कायम रहेकोले पुस १६ गतेदेखि १८ गते शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। बढ्दो शितलहरलाई ध्यानमा राखेर वीरगञ्ज महानगरपालि र जनकपुर उपमहनागरपालिका अन्तर्गतका मन्टेश्वरी, कोचिङहरू सहित सम्पुर्ण विद्यालयहरु थप ३ दिन बन्द गर्ने निर्णय गरिएको शैक्षिक प्रशासन महाशाखाहरुले जनाएका छन ।

वर्षे सट्टे बिदाबाट कट्टा हुनेगरी जाडो बिदा गरिएको हो। पुस २० गतेबाट भने शैक्षिक संस्था नियमित रूपमा सञ्चालनमा आउने छ। आज पुस १५ गते तमु ल्होसारको सार्वजनिक बिदा नै थियो भने शैक्षिक प्रशासन महाशाखाहरुले यस अघि मौसम सुधार आउने आशा गर्दै पुस १६ गतेदेखि शैक्षिक संस्था खोल्ने जनाएको थियो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्रका अधिकांश स्थानमा हुस्सु तथा कुहिरोको प्रभाव कायमै छ। त्यसको प्रभाव तराई मधेश भूभागको दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात लगायतमा पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन सम्बन्धीत निकायहरुले अनुरोध गरेको छ।

चिसो र शितलहरको प्रभाव बढ्दा बालबालिका, वृद्धवृद्धा तथा विपन्न समुदायको स्वास्थ्यमा असर पर्ने गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै