भोलिदेखि पश्चिमी वायुको प्रभाव देखिने, तराइमा लागेको हुस्सु हटने सकेत – Nepalboli

भोलिदेखि पश्चिमी वायुको प्रभाव देखिने, तराइमा लागेको हुस्सु हटने सकेत

   २०८२ पुष १५, मंगलवार  

बुधबारदेखि नेपालको मौसम प्रणालीमा पश्चिमी वायुको प्रभाव देखिने मौसमविदले बताएका छन्। मौसमविद विनोद पोखरेलका अनुसार भोलिदेखि नेपालमा पश्चिमी वायुको प्रभाव विस्तारै देखिने छ।

यसले तराइमा लागेको हुस्सु हटाउन मद्दत गर्ने उनले बताएका छन्। ‘हुस्सु लागे पनि दिउँसो हट्ने सम्भावना छ,’ सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्। तराई मधेशमा पछिल्लो दुुई हप्ता यता हुस्सु लागेका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।

यसपटक पश्चिमी वायुले हिमाली भेगमा मात्र वर्षा (हल्का हिमपात) गराउने सम्भावना देखिएको छ। ‘काठमाडौंलगायत पहाडी भेगमा छिटपुट मात्र वर्षाको सम्भावना देखिएको छ,’ उनले भनेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै