भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिने विद्यालय भवनको ओखलढुङ्गामा शिलान्यास
भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिने ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ स्थित श्री राज्यलक्ष्मी माध्यमिक विद्यालयको भवनको शिलान्यास मंगलवार गरिएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर अविनाश कुमार सिंह र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालले विद्यालय भवनको संयुक्त रुपमा शिलान्यास गरेका थिए ।
सिद्धिचरण नगरपालिका–५ स्थित श्री राज्यलक्ष्मी माध्यमिक विद्यालयको विद्यालय भवन भारत सरकारको नेरु ४ करोडभन्दा बढीको आर्थिक सहयोगमा निर्माण हुन लागेको छ । नयाँ भवन तीन र आधा तल्लाको हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ ।
सिद्धिचरण नगरपालिकाका मेयर, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरुले नयाँ विद्यालय भवनका लागि भारत सरकारले प्रदान गरिरहेको सहयोगको प्रशंसा गरेका छन ।