भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको विद्यालय भवनको प्यूठानमा उद्घाटन
भारत सरकारको आर्थिक सहयोगमा निर्मित लुम्बिनी प्रदेशको प्यूठानको ऐरावती गाउँपालिका–१, अमिलीस्थित श्री दाङवाङ माध्यमिक विद्यालयको विद्यालय एवम् छात्रावास भवनहरुको वुधवार उद्घाटन गरिएको छ । नेपाल स्थित भारतीय राजदूतावास, काठमाडौंका काउन्सलर श्री गीतांजलि ब्रैंडन र ऐरावती गाउँपालिकाका अध्यक्ष श्री नविल विक्रम शाहले नवनिर्मित भवनहरुको संयुक्त रुपमा उद्घाटन गरेका छन ।
उद्घाटन कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालयका शिक्षकरशिक्षिका, विद्यार्थी र उनीहरुका अभिभावकको पनि उपस्थिति रहेको थियो । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको अनुदान विद्यालय एवम् छात्रावास भवनहरु तथा अन्य सम्बद्ध संरचनाको निर्माणमा उपयोग गरिएको थियो । यो प्यूठानको ऐरावती गाउँपालिका मार्फत कार्यान्वयन गरिएको थियो ।
श्री दाङवाङ माध्यमिक विद्यालय प्यूठानको ग्रामीण क्षेत्रको अग्रणी सरकारी विद्यालयहरू मध्ये एक हो । यस विद्यालयले २३४ विद्यार्थीहरुका लागि ईसीडी (प्लेग्रुप) देखि कक्षा १० सम्म शिक्षा प्रदान गर्दछ, जसमध्ये लगभग ६० प्रतिशत छात्राहरु रहेका छन् ।
ऐरावती गाउँपालिकाका अध्यक्षले विद्यालय व्यवस्थापन तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिदै आएको विकास सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन । वहाँहरुले यस परियोजनाबाट निर्माण गरिएको पूर्वाधारले प्यूठानको श्री दाङवाङ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा उपलब्ध गराउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । यसले सिकाइको लागि अझ राम्रो वातावरण सिर्जना गर्नका साथै यस क्षेत्रमा शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्याउन मद्दत गर्नेछ ।
