भारत सरकारद्धारा नेपालमा ११ परियोजना निर्माणका लागी १.१६ अर्ब अनुदान सहयोग दिने सहमती
नेपालका १० वटा जिल्लाहरुमा ११ वटा नयाँ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू निर्माणका लागी भारत सरकारले नेपाली १.१६ अर्ब अनुदान सहयोग दिने सहमती सोमवार भएको छ । काठमाडौ स्थित भारतीय राजदुतावास र नेपालका परराष्ट मन्त्रालय तथा परियोजना कार्यान्वयन निकायहरु विच सोमवार समझदारी पत्रमा हस्ताक्षर भएका छन ।
नेपालको कोशी प्रदेशको इलामदेखि सुदूरपश्चिमको दार्चुलासम्म फैलिएका यी ११ वटा नयाँ परियोजनाहरुले शिक्षा, स्वास्थय लगायतका क्षेत्रहरुलाई समेटिएका छन ।
भारत सरकारको नेपाली १.१६ अर्ब अनुदान सहयोगमा यी परियोजनाहरुमा अघि बढाइनेछ।
हालसम्म भारत सरकारले नेपालमा आज सुरु गरिएका ११ वटा परियोजनाहरू सहित ५९० परियोजनाहरु अघि बढाइसकेको छ। यी परियोजनाहरू नेपालका ७ वर्ट प्रदेशहरूमा फैलिएका छन् जसको संचित लागत नेरु १५ अर्ब भन्दा बढी छ।
