गृह मन्त्रालयमा ‘सहायता कक्ष’- समस्या परे ९८५१३६०६०३ मा फोन गर्नुहोस् – Nepalboli

गृह मन्त्रालयमा ‘सहायता कक्ष’- समस्या परे ९८५१३६०६०३ मा फोन गर्नुहोस्

   २०८२ आश्विन ३, शुक्रबार  

गृह मन्त्रालयले जेनजी प्रदर्शन पश्चात् विकसित घटनाक्रम र परिवर्तनसँगै समाजमा विभिन्न घटना भइरहेको भन्दै सहजीकरणका लागि सहायत कक्ष स्थापना गरेको छ। गृह मन्त्रालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी रविन्द्र आचार्यले विकसित घटनाक्रम र परिवर्तनसँगै समाजमा उश्रृङ्खल गतिविधि भए गरेको देखिएमा अथवा केही समस्या भएमा ९८५१३६०६०३ सहितको सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको जानकारी दिनुभयो।

सहायता कक्ष तथा उपलब्ध सम्पर्क नम्बरमा फोन, एसएमएस, ह्वाट्स् एप, भाइबरमार्फत आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव जानकारी गराउन अनुरोध गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै